हिमकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीद्वारा विद्यार्थीहरूलाई छात्रावृति प्रदान

IMG-20250814-WA0120

सोरेङ: हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुले १० औं र १२औं श्रेणीको बोर्ड परीक्षामा सोरेङ-च्याखुङ समष्टिबाट उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई आज एक कार्यक्रमबिच छात्रवृत्ति प्रदान गऱ्यो। सोरेङ जिल्लाको थर्पु उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०२४-२५ को बाह्रौं श्रेणीको परीक्षामा ९३.४ प्रतिशत अंक प्राप्त गरि टप्पर बनेकी सोरेङ स्कुलकी छात्रा सरगम शर्मा र दसौं श्रेणीमा ८९.४ प्रतिशत अंक प्राप्त गरि टप्पर बनेका चुम्बुङ स्कुलका छात्र निष्कार राईलाई हेमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले आज विधायक आदित्य गोलेको बाहुलीबाट छात्रवृत्ति प्रदान गरेका हुन्। मेधावि विद्यार्थीमा शिक्षालाई लिएर थप अभिप्रेरित गर्न अनि विद्यार्थीबिच सकारात्मक प्रतिस्पर्धा र परिश्रमको भाव सिर्जना गर्न यस सोसाइटीले २००६ देखि नै सोरेङ-च्याखुङ समष्टिबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रतिवर्ष छात्रवृत्ति प्रदान गर्दैआएका छन्।
आज आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा सोरेङ-च्याखुङ समष्टिका विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित
स्मरण रहोस्, हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुको स्थापना २००६-मा भएको हो। थर्पु निवासी तथा पूर्व शिक्षा मन्त्री आरबी सुब्बा र उनको पारिवारिक सदस्यहरुले आफ्ना दिवंगत पिता हिमाकर्ण सुब्बा र माता सञ्चरानी सुब्बाको पुण्य स्मृतिमा हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीको स्थापना गरी सोरेङ-च्याखुङ समष्टि अन्तर्गत सरकारी विद्यालयबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेर टप्पर बन्ने विद्यार्थीलाई प्रेरणा स्वरूप छात्रवृत्ति प्रदान गर्दै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement