सोरेङमा एमएलए एकादश बिजयी

IMG-20250814-WA0119

सोरेङ: सोरेङ जौटार खेलमैदानमा सम्पन्न भइरहेको जिल्ला स्तरीय ७९औं स्वतन्त्रता दिवसलाई लक्षित गर्दै आज खेलिएको प्रदर्शनी फुटबल म्याचमा एमएलए एकादशले डीसी एकादशलाई दुई गोलको विरुद्ध चार गोलले पराजित गरे।
विधायक आदित्य गोलेले नेतृत्व गरेको एमएलए एकादशले डीसी एकादशलाई रोमाञ्चक भीडन्तमा परास्त गरि उपाधि जितेको हो।
खेलमा मुख्य अतिथिको रूपमा उपस्थित सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङले बिजेता र उपविजेता दलका खेलाडीहरुलाई नगद राशि र पुरस्कार प्रदान गरे। उक्त खेलमा फस्ट गोल गर्ने एमएलए एकादशका खेलाडी सोम छिरिङ लेप्चालाई नगद राशि दस हजार रुपियाँ र उत्कृष्ट गोलरक्षक बन्न सफल एमएलए एकादशकै खेलाडी आइतमान सुब्बालाई दस हजार रुपियाँ मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो। उक्त नगद राशिको प्रयोजन विधायक गोले र विधायक इरुङ तेञ्जिङ लेप्चा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement