राज्यसभा सांसद एंव पूर्व विदेश सचिव हर्षवर्ध्दन श्रृंखलालाई दार्जिलिङमा भव्य स्वागत

IMG-20250814-WA0114

दार्जीलिङ: राज्यसभा सांसद एंव पूर्व विदेश सचिव हर्षवर्ध्दन श्रृंखलालाई आज दार्जिलिङमा भव्य स्वागत गरिएको थियो। उनी राष्ट्रपतिद्वारा मनोनित भएर राज्यसभामा सांसद भएर पहिलोपल्ट दार्जिलिङ आएपछि दार्जिलिङमा स्थानीयहरुले भव्य स्वागत गरिएको थियो। उनलाई आज बिहान खरसाङमा पनि स्थानीयहरुले भव्य स्वागत जनाएका थिए। नोकरशाहको‌ रुपमा‌ ४ दशक लामो देशसेवाको अनुभवपछि आफु जनसेवक भएर मनसुन सत्रअवधि नै जनाइसकेको पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्गलाले आज दार्जिलिङमा बताएका छन्। खुनमा‌ रहेको सेवा भावको‌ सिद्धान्त यो कार्यकालभरि कायम रहने अडान राख्ने सांसद श्रृंङ्गलालाई अर्कोतिर संसदको वर्षाकालीन पहिलो सत्रबाटै राजनीतिबारे धेरै थोक सिक्न सकेको मत स्पष्ट गरेको देखियो।

विभिन्न संघसंस्था तथा नागरिक समाजद्वारा गरिएको भव्य स्वागतप्रति हर्ष र गर्व लागेको सुनाउँदै उनले बिना निम्तो भेला हुनेहरुलाई कसरी गुण फर्काउने भन्ने सुरु गर्न पर्ने आत्म चिन्तनको विषय हुने बताए। उनीहरु सबैसित मिलेर पहाडको सपना साकार तुल्याउन कोशिष गरिने उनले प्रष्टाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement