सन्तमेरिज २ ग्राम पञ्चायत कार्यालयको नव निर्मित भवन उद्घाटन

IMG-20250814-WA0106

सोनादा: टुंगो सन्तमेरिज समष्टि अन्तर्गत सन्तमेरिज २ ग्राम पञ्चायत कार्यालयको नव निर्मित भवनको विधिवत् रुपमा उद्घाटन गरियो।
खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, समष्टि सभासद नुरी शेर्पा, सन्तमेरिज २ ग्राम पञ्चायतका प्रधान सहदेव तामङ एवं अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा कार्यालयको नव निर्मित भवन विधिवत् रुपमा उद्घाटन गरियो।
सन्तमेरिज २ ग्राम पञ्चायत कार्यालयले नव निर्मित भवन पाएकोमा हर्ष प्रकट गर्दै पञ्चायत प्रधानद्वारा सबै सबैप्रति आभार प्रकट गरिइएको छ। कार्यालयका विविध कार्यहरुको साथ अन्य सरकारी क्रियाकलापहरुमा सहज बन्ने अनि सुविधा हुने उपस्थित अतिथिहरुले मन्तव्य प्रकट गरेका छन्। उक्त उद्घाटन कार्यक्रममा सन्तमेरिज २ ग्राम पञ्चायतका उप प्रधान प्रशंसा लेप्चा, पञ्चायत समिति कर्माध्यक्षद्वय बिरेन्द्र तामङ, भक्तिमान तामङ, पञ्चायत सदस्य/सदस्यागण, पञ्चायतका सचिव एवं कर्मचारीवृन्द, खरसाङ अभियन्त्रित विभागका अधिकारीवर्ग, भागोप्रमो समष्टि युवा शक्ति सचिव दिपेश तामङ, समष्टिको साङ्गठनिक सचिव बिपन भूजेल, समष्टि जोनल सभापति वसन्त कुलुङ राई, समष्टि सदस्य एन्ड्रयु थापा, भागोप्रमो सन्तमेरिज अप्पर अनि लोवर शाखाका पदाधिकारीगण लगायत स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement