नशालु पदार्थको साथमा पक्राउ

5079.jpg

नाम्ची: एकजना व्यक्तिलाई नाम्ची जिल्लाको तिमी पुलिस थाना क्षेत्र अन्तर्गत आदर्शगाउॅंबाट प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्तिको नाम कृष्ण गुप्ता रहेको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, पीसी स्टाफको सूचनाको आधारमा पुलिस दलले २९ वर्षीय गुप्ताको घरमा छानबिन गऱ्यो। यस अवधि पुलिसले ७४ बोतल कफ सिरप, १९ फाइल एसपी र १५ फाइल एन-१० जफत गऱ्यो। आरोपित व्यक्तिलाई पक्राउ गरेर पुलिसले साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

Advertisement