नयाँ दिल्ली: म्यूनिख ओलम्पिक (१९७२)-मा काँस्य पदक जित्ने भारतीय पुरुष हकी टीमका सदस्य तथा टेनिस खेलाड़ी लिएण्डर पेसका पिता वेस पेसको ८० सालको उमेरमा निधन भयो। मीडिया रिपोर्ट्स अनुसार, वेस पेस पार्किन्सन रोगले पीड़ित थिए। उनलाई मंगलवार शहरको एउटा अस्पतालमा भर्ना गरिएको थियो। वेस पेसको भारतीय खेलहरूमा बहुमुल्य योगदान रहेको छ। उनको देखरेखमा धेरै खेलाड़ीहरूले अलग-अलग खेलहरूमा पदार्पण गरे। वेसले भारतीय खेलहरूको निम्ति धेरै काम गरे। उनी भारतीय हकी टीममा मीडफिल्ड पोजिशनमा खेल्थे। हकीको साथमा उनी फूटबल, क्रिकेट र रग्बी जस्ता अन्य खेलहरूमा पनि दक्ष थिए। वेस पेसले १९९६-देखि २००२-सम्म भारतीय रग्बी फूटबल संघका अध्यक्षको रूपमा पनि कार्य गरे। यसरी उनले एशियाई क्रिकेट परिषद (एसीसी), भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) र भारतीय डेविस कप टीमसहित धेरै खेल निकायहरूमा खेल चिकित्सा सल्लाहकारको रूपमा पनि काम गरे।
वेस पेसले १९७२-मा ओलम्पिक पदक जितेको २४ सालपछि उनका छोरा लिएण्डरसे अटलाण्टा ओलम्पिक १९९६-मा भारतीय टेनिसलाई अहिलेसम्मको एकमात्र पदक दिलाएका थिए। लिएण्डरले पुरुष एकलमा काँस्य पदक जितेका थिए। लिएण्डरको पदक १९५२ पछि भारतको ओलम्पिक एकल स्पर्धामा पहिलो पदक थियो। साल १९५२-मा भएको हेलसिन्की ओलम्पिकमा केडी जाधवले कुश्तीमा काँस्य पदक जितेका थिए। वेसले अधिकांश समय नै आफ्नो छोराको प्रशंसा गर्थे। वेसले लिएण्डरको सफलताबारे भनेका थिए, पहिलो कुरा त लिएण्डर यस्तो माहौलमा हुर्किएका हुन्, जसमा खेल संस्कृतिलाई सदा प्रोत्साहित गरिन्छ। यसबाहेक लिएण्डरमा असीमित प्रतिभा रहेको छ। वेसले भनेका थिए, लिएण्डर कोर्टमा तेज छन् अनि मेरो विचारमा उनी आफ्नो लक्ष्यलाई लिएर जिद्दी पनि छन्। लिएण्डर हप्तामा ६ दिन अनि प्रत्येक दिन ३ घण्टा गरेर अभ्यास गर्छन्। च्याम्पियन बन्ने तपाईंले यस्तो गर्न जारी राख्नु पर्छ।