कालचिनी- आगामी २३ सेप्टेम्बरदेखि भोटाङ प्रवेशद्वार खोलिने कुराले दुवै देशको नागरिकबीच उत्साह छाइरहेको बेला आज भोटाङ प्रशासनको आमन्त्रणमा भारतीय पक्षका अलिपुरद्वार जिल्ला प्रतिनिधिहरू फुन्छोलिङ भोटाङ पुगेका थिए भने आज सो सौहार्दपूर्ण वार्तालापको क्रममा भोटाङद्वारा पैदल यात्रीहरुको निम्ति बनाएको टर्मिनलको साक्षात्कार र जानकारी गराईएको थियो| उक्त टर्मिनलको उद्घाटन सोमबार मात्र भोटाङ नरेशले गरेका थिए| भोटाङ प्रशासनिक अधिकारी सुत्रले बताए अनुसार लकडाउनको ३० महीना काटेर बल्ल अब दुवै देशबीच आउजाउ हुने भएको छ भने यसले पुनः दुवै देशको हित हुनेछ|
आज भोटाङ प्रशासनको आमन्त्रणमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलाल, जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा, जेडीए एईओ भूषण शेर्पा, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, तृणमूल जिल्ला चेयरम्यान मृदुल गोस्वामी, तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उरॉंव, अब्दुल मनिक मीयॉं, व्यावसाय समितिको आरएस गुप्ता, बीएल बड़ोदिया, नवीन शर्मा, जयन्त मुद्रा, सुबोध प्रसाद, सुमन प्रसाद श्रीवास्तव, गणेश सरावगी,शम्भू जयसवाल, प्रधान छुङ्कु लामा एवम् टूर एन्ड ट्रेभलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो|









