रंगेलीमा “मुख्यमन्त्री वान माइल दौड”

IMG-20240717-WA0003

पाकिम: रंगेली स्वतन्त्रता दिवस समारोह समितिले खेलकुदको महत्व, स्वस्थ जीवनशैली र युवाहरूमा अनुशासन तथा समर्पणको भावना जागृत गर्ने उद्देश्य लिएर मुख्यमन्त्री वान माइल दौड आयोजन गऱ्यो। कार्यक्रम रंगेली बजारमा सम्पन्न भएको थियो। सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रमा खेलकुदको विस्तार गर्ने अनि प्रतिभाशाली युवाहरुको पहिचान गरी क्षमता विकास गर्ने दिशामा उक्त अभियान शुरु गरेको हो। यस दौडमा स्थानीय विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। साथै स्थानीय विभिन्न संघ संस्थाका युवाहरु पनि सक्रिय रुपमा अघि आएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement