दुई वर्षपछि साङ्कालाङ पुल सुचारु

IMG-20250813-WA0139

नयाँ पुल उत्तर सिक्किमको जीवन रेखा होः मन्त्री लेप्चा

मंगन: जङ्गु निर्वाचन क्षेत्रका विधायक एवं सिक्किम सरकारका वन एवं पर्यावरण विभागीय मन्त्री पिञ्छो नाम्ग्याल लेप्चाले आज साङ्कालाङमा नवनिर्मित पुलको उद्घाटन गरे। उदघाटनपछि सबै प्रकारका वाहनहरुको लागि खुल्ला गरिएको छ। उद्घाटित पुलले यातायातका लागि महत्त्वपूर्ण भूमिका निर्वहन गर्ने आशा गरिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्री तथा जङ्गू निर्वाचन क्षेत्रका विधायक लेप्चा अनि सीमा सडक सङ्गठन (बीआरओ) द्वारा निरन्तर सरकारसँग गरिएको समन्वित प्रयासको फलस्वरूप पुलको निर्माण कार्य पुरा भएको हो। पुलले जङ्गुबासी साथै उत्तर सिक्किमअन्तर्गत माथिल्ला भागहरू चुङथाङ, लाचेन र लाचुङका लागि पनि जीवन रेखाकोरूपमा काम गर्ने भनाइ छ। स्मरण रहोस्, पछिल्ला समय निरन्तर भारी वर्षा र बाढको कारण दुईवटा पुल टिस्टा नदीले बगाएपछि मंगन जिल्ला राज्यका अन्य भागहरूबाट विच्छिन्न भएका थिए। नयाँ उद्घाटित पुल २३० फिट लामो र ४० टनसम्मको वजन क्षमताको रहेको छ। सीमा सडक सङ्गठनको ‘प्रोजेक्ट स्वस्तिकअन्तर्गत १०७ आरसीसीले पाँच महिनामा यसको निर्माण पुरा गरेको हो। उद्घाटन समारोहमा जिल्ला पञ्चायत उपाध्यक्ष सोनाम किपा भोटिया, जिल्लापाल अनन्त जैनलगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement