सिक्किमका तीन दिग्गज लालकिल्लाको स्वतन्त्रता दिवसमा सम्मानित हुने

IMG-20250813-WA0138

गान्तोक: केन्द्रिय जलशक्ति मन्त्रालयले १५ अगस्तको दिन नयाँ दिल्लीको लाल किल्लामा स्वतन्त्रता दिवस समारोह २०२५ को अवसरमा राष्ट्रभरिका विशेष अतितिहरूको सत्कार गर्नेछ। यी अतिथिहरूमा सरपञ्च, ग्रामीण जल एवं स्वच्छता समितिका सदस्यहरूका साथमा अन्य तृणमूल स्तरका दिग्गजहरू सामेल रहनेछन्। जसले स्वच्छता, स्वास्थ्य, शिक्षा अनि पूर्वाधार लगायतका क्षेत्र अन्तर्गत ग्रामीण विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याएका छन्। सिक्किमबाट तीनजना विशेष अतिथिलाई समारोहमा भाग लिन निमन्त्रित गरिएको छ। गान्तोक जिल्लाअन्तर्गत मार्ताम खण्डको १२-नामली जीपीयुकी पञ्चायत सभापति अम्बिका छेत्रीले ओडीएफ प्लसको दर्जा हासिल गर्नका साथै सर्वाङ्गीण ग्रामीण विकासको निम्ति आदर्श स्थापित गरेकी छन्। गेजिङ जिल्ला अन्तर्गत देन्ताम खण्डको २७-ही जीपीयुका पञ्चायत सभापति सेसेहाङ लिम्बूले स्यानिटेरी प्याड भेण्डिङ मशिन तता समुदाय आधारित स्वच्छता अभियान जस्ता अभिनव पहल कार्यान्वित गरी ओडीएफ प्लस जीपीयुको दर्जा हासिल गर्न सफल भएका छन्। यसै गरी, गान्तोक जिल्लाअन्तर्गत मार्ताम खण्डको १३ सामलिक मार्चक जीपीयुका पञ्चायत उपसभापति भास्कर भट्टराईले नामिन गाउँलाई स्वच्छता, विरासत अनि एकताको आदर्शका रूपमा परिवर्तन गरी ओडीएफ प्लस आदर्श गाउँको दर्जा हासिल गरी स्वच्छ भारत अभियानको सबै मानक पूरा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement