एमजी मार्गमा भारतीय जनता पार्टीको तिरङगा यात्रा

IMG-20250813-WA0137

गान्तोक: देशको स्वतन्त्रता दिवसको अवसरमा हाल राष्ट्रव्यापी अभियान हर घर तिरङगा सञ्चालन भइरहेको छ। यसै क्रममा भारतीय जनता पार्टी, सिक्किम प्रदेशले पनि यस अभियानमा सक्रिय सहभागिता जनाउँदै गान्तोकको एमजी मार्गमा तिरङगा यात्रा निकाल्यो। यात्रामा राज्यका सबै जिल्लाबाट भाजपा नेता अनि कार्यकर्ताको उपस्थिति रहेको थियो। उल्लेखनीय छ, सिक्किम प्रदेश भाजपा-ले राज्यका सबै जिल्लामा गत ११ अगस्तदेखि हर घर तिरङगा यात्रा आयोजना गर्दै आएको छ।
आज तिरङगा यात्राको क्रममा प्रदेश भाजपा-ले सबै राज्यवासीलाई यस राष्ट्रव्यापी कार्यक्रममा सहभागी बन्ने अपील गरेको छ भने ५ सय जति राष्ट्र ध्वज पनि वितरण गऱ्यो। पार्टीले सम्पूर्ण राज्यवासीलाई हर घर तिरङगा अभियानमा सहभागी बनेर आ-आफ्नो घरमा तिरङगा फहराउने आग्रह पनि गेरको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement