वाहन दुर्घटनामा एक महिलाको मृत्यु

IMG-20250221-WA0289

गान्तोक: सोरेङको डेयरी गोलाई नजिक अप्पर थामबोङमा हिजो राति एउटा बाहन दुर्घटनाग्रस्त हुँदा एक महिला सवारीको मृत्यु भएको छ। पुलिसले जानकारी गराएअनुसार उक्त घटना रातिको 10.40 बजी भएको हो। बाहन दिवन शेर्पाले चलाइरहेको थियो। उक्त वाहन सडकदेखि तीनसय फिट तल खस्यो जहाँ एकजना महिलाको मृत्यु भएको छ। घटना क्रमअनुसार उक्त वाहनको चालक लुङचोक निवासी दिलकुमारी सुब्बा नामक यात्रीलाई पुऱ्याउन लुङचोकतर्फ गइरहेका थिए। यस घटनाको सूचना पाउनसाथ सोमबारिया थानाका सहायक निरीक्षक पेमछिरिङ शेर्पालाई अनुसन्धानको लागि घटनास्थलमा पठाइएको थियो। घटनास्थलमा आइपुग्दासम्म चालक दुर्घटनास्थलबाट निस्केर सोमबारिया प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा सहायताको लागि गइसकेका थिए। दिलकुमारी सुब्बा दुर्घटनाग्रस्त वाहन भित्र बेहोस अवस्थामा फेला परेकी थिइन्। प्रतिकूल मौसम र भूभागको कारण बिहान 2 बजी उनलाई उद्दार गर्दै सोमबारिया प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। जहाँ डाक्टरले उनलाई मृत घोषित गरे। घाइते चालकलाई प्राथमिक उपचापछि गान्तोकको एसटीएनएम अस्पतालमा थप उपचारको निम्ति स्थान्तरण गरिएको छ भने आरोपीविरूद्ध सोमबारिया पुलिसले मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement