दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा बुधवार दोस्रो सेमिफाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको रोमाञ्चक म्याचमा घूम-जोरबंग्लो स्पोर्टिंग क्लबले दार्जीलिङ पुलिसविरुद्ध पेनल्टी शूटआउटमा ५-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

अब १५ अगस्तमा हुने फाइनलमा घूम-जोरबंग्लो स्पोर्टिंग क्लब र १०७ टेरिटोरियल आर्मी (टीए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको थियो।