दार्जीलिङ: श्रमिकहरूको नाममा संग्रह गरिएको पैसा श्रमिकहरूले नै पाएको हुनपर्छ भन्ने हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले मांग गरेको छ। गत कोरोना संक्रमणकालको समयमा चिया श्रमिकहरूलाई सहयोग पूराउन जीटीए चेयरम्यान रिलिफ फन्ड संग्रह गरिएको थियो अनि उक्त जीटीए चेयरम्यान रिलिफ फन्डमा २ करोड, १३ लाख, ५७ हजार ९ सय १३ रूपियाँ संग्रह भएको थियो अनि संग्रह भएको उक्त राशिमा जीटीएको पक्षबाट केही थप राशि थपेर चिया श्रमिकहरूहीच वितरण गरिने तत्कालिन जीटीए चेयरम्यान अनित थापाले मिडिया रिपोर्टमा बताएका थिए। तर हिज सोमबार सम्पन्न भएको जीटीए सभामा जीटीए चिफ अनित थापाले जीटीए चेयरम्यान रिलिफ फन्ड धनराशिले सिलगढीमा श्रमिक भवनको निर्माण गरिने प्रस्ताव राखेपछि पहाडको चिया श्रमिकहरू साथै श्रमिक संगठनहरूमा असन्तुष्टी छाएको बताएका छन्। यसै सन्दर्भमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले श्रमिकहरूको नाममा संग्रह गरिएको राशी दशैं अधि नै श्रमिकहरूहीच वितरण गरिनुपर्छ भन्ने मांग गरेका छन्।दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूसंगको कुराकानीमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष गुरूङले श्रमिक भवन बनाउने काम सरकारको हो र सिलगढीमा त्यसै पनि पहाडी भवन, पिन्टल भिलेज, दार्जीलिङ मोडमा गेस्ट हाउस आदि जस्ता भवनहरूको हेरचार नभएर विहाल अवस्थामा पूगी सकेको छ भन्ने बताएका छन्। उनले भने, कोरोना संक्रमणकालमा चिया श्रमिकहरूको आर्थिक अवस्थालाई ध्यानमा राख्दै धेरै जनदाताहरूले आफ्नो क्षमता अनुरूप सहयोग राशी दिएको छ। संग्रह गरिएको राशिले श्रमिक भवन बनाउनु भनेको हाँस्यस्पद विषय हो अध्यक्ष गुरूङले भने। संग्रह भएको राशीमा जीटीएको पक्षबाट थप राशी थपेर पहाडको चिया श्रमिकहरूलाई जे जति पूग्छ, दशै अधि वितरण गरिनु पर्छ अध्यक्ष गुरूङले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पनि चेयरम्यान रिलिफ फ्रण्डमा आफ्नो पक्षबाट ५ लाख रूपियाँ दिने घोषणा गरी सक्नु भएको छ अध्यक्ष गुरूङले भने। एक प्रश्नको जवाफमा अध्यक्ष डी. के. गुरूङले स्पष्ट शब्दमा भने संग्रह भएको राशी दशै अधि वितरण नगरिए अथवा श्रमिक भवन निर्माण कार्यमा खर्च गर्ने योजना बनाए हामी भावी कार्यक्रमको निम्ति सोच्न बाध्य हुनेछौ तिनले भने।









