ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीले तराइ डुवर्समा पनि यसपाली २० प्रतिशत बोनस नछोड्ने

IMG-20250813-WA0117

सिलगढी: ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीले तराइ डुवर्समा पनि यसपाली २० प्रतिशत बोनस नछोड्ने भएको छ। आज इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पार्टीको भातृ सङ्गठन एचटीडीसीएसएस का तराई डुवर्स क्षेत्रका नेतृत्वले आईटीए (इन्डियन टी एसोसिएसन) डुवर्स बिन्नागुडीमा यसपाली उत्तर बङ्गाल क्षेत्रको श्रमिकहरुको पूजाको बोनस २० प्रतिशत हुनुपर्छ भनी ज्ञापन बुझाएका छन्।

यस ज्ञापन बुझाउने अनि भेटघाट कार्यक्रममा श्रमिक सङ्गठन प्रमुख डीके गुरुङ, राजेश लाकरा, डा जोय प्रफुल, भिम सुनाम आदि विशेष रुपले उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement