सिलगढी: बाघडोगरादेखि सिलगढीसम्म राज्यसभा सांसद हर्षवर्ध्दन श्रृंङ्लाको नेतृत्वमा बाइक रैलीको साथमा तिरंगा यात्रा निकालिएको छ। राष्ट्रपति द्रौपदी मुर्मुद्वारा राज्यसभा सांसद मनोनित भएपछि संसदको मनसून सत्रमा सहभागी बनेर भोलि बिहीबार दार्जीलिङ आउने छन भने आज सिलगढी आएका थिए। उनको स्वागतमा हजारौं मानिसहरुले सहभागिता जनाएका थिए साथै भाजपा पार्टी कार्यकर्ताहरुले पनि सहभागिता जनाएका थिए। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद श्रृङ्लाले भने, राष्ट्रपतिद्वारा राज्यसभा सांसद मनोनित भएको श्रेय दार्जिलिङ पहाड, तराई र डुवर्सका मानिसहरुलाई दिएका छन्। उनले यस क्षेत्रका मानिसहरुको सेवा गर्न सदैव तत्पर रहने बताएका छन्। उनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सिलगढी, तराई र डुवर्सका मानिसहरुलाई ‘हर घर तिरंगा’ अभियानसित जोड्ने आह्वान् गरे। उनले हर घर तिरंगाले हाम्रा वीर सैनिकहरु साथै देशभक्त नागरिकहरुको मनोबल बढाउँदै देशको एकता र अखण्डतालाई झन् बलियो बनाउनेछ।