अध्यक्ष पदमा सोनिया–राहुलले चुनाव नलड्ने ?

राहुल गान्धी र सोनिया गान्धी l फाइल फोटो

नयाँ दिल्ली: राहुल गान्धी र सोनिया गान्धीले कांग्रेस अध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरेपछि अब कांग्रेसले दशकौंपछि गैर-गान्धी अध्यक्ष पाउने पक्का भएको छ। गान्धी परिवारले अस्वीकार गरेपछि अशोक गहलोत र शशि थरुरबीचको प्रतिस्पर्धा निश्चित हुने विश्वास गरिएको छ। मुकुल वासनिक, दिग्विजय सिंहलगायतका केही नाम पनि चर्चामा छन्।

यस्तो अवस्थामा कांग्रेसको कमाण्ड २४ वर्षपछि गैर-गान्धीको हातमा हुनेछ। यसअघि सीताराम केसरी कांग्रेसका अन्तिम गैर-गान्धी अध्यक्ष थिए, जसले १९९६ देखि १९९८ सम्म पार्टीको नेतृत्व गरेका थिए। कांग्रेस महासचिव केसी वेणुगोपालले मङ्गलबार सोनिया गान्धीसँग करिब एक घण्टा भेटे। स्रोतका अनुसार सोनिया गान्धीले वेणुगोपाललाई मङ्गलबार नै तुरुन्तै दिल्ली बोलाएकी थिइन् र सोही दिन उनीहरूले चुनाव र संगठनका विषयमा कुरा गरेकी थिइन्। यद्यपि संगठन महासचिव वेणुगोपालले कांग्रेसका सबै कार्यकर्ता राहुल गान्धी अध्यक्ष बनोस् भन्ने चाहन्छन् र त्यसैले सबै राज्य इकाईहरूले राहुल गान्धीलाई अध्यक्ष बनाउने प्रस्ताव पनि पास गरिरहेका छन्, तर यो निर्णय राहुल आफैले लिनुपर्ने बताए। कांग्रेस स्रोतहरूले दावी गरेअनुसार राहुल गान्धीले आफ्नो ‘भारत जोडो यात्रा’बाट कुनै विश्राम लिइरहेका छैनन् र तत्कालको लागि दिल्ली भ्रमण गर्ने कुनै मनसाय छैन। भारत जोडो यात्रामा राहुल गान्धीले २०२४ को लोकसभा चुनावको तयारी थालेका छन् र कांग्रेसलाई अर्कालाई सुम्पेर कांग्रेसलाई मैदानमा सुदृढ गर्ने र आम जनतालाई जोड्ने अभियानमा केन्द्रित हुनुपर्छ भन्ने स्पष्ट छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *