पहिलो वनडेमा भारतीय महिला टीमको ३ विकेटले जीत

IMG-20250813-WA0070

ब्रिसबेन: भारतीय महिला क्रिकेट टीमले अष्ट्रेलियालाई पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ३ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। इयान हिली ओवलमा टस जितेर पहिला ब्याटिंग गर्दै आयोजक अष्ट्रेलिया ४७.५ ओभरमा २१४ रन बनाएर अलआउट भयो। एनिका लिएरोयडले अविजित ९२ रन बनाइन्। उनले ९० बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाइन्। यसबाहेक रचेल ट्रेनामेनले ६ वटा चौकाको साथ ६२ बलमा ५१ रन बनाइन्। यी दुईजनालाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकिनन्। भारतीय बलरहरूमा राधा यादवले ४५ रन खर्च गरी सर्वाधिक ३ विकेट हासिल गरिन्। यसरी तितास साधू र मिन्नु मानीलाई पनि २-२ विकेट प्राप्त भयो। भारतले पछिबाट २१५ रनको लक्ष्यलाई ४२ ओभरमा ७ विकेट गुमाएर हासिल गऱ्यो। ओपनर यास्तिका भाटियाले सर्वाधिक ५९ रन बनाइन्। उनले ७० बल खेलेर ७ वटा चौका लगाइन्। यास्तिकाले शेफाली वर्मासँग मिलेर पहिलो विकेटको निम्ति ७७ रनको उपयोगी पार्टनरशीप गरिन्। शेफालीले ५ वटा चौकाको साथ ३१ बलमा ३६ रन बनाइन्। शेफाली आउट भएपछि यास्तिकाले धारा गुज्जरसँग पनि दोस्रो विकेटको निम्ति ६३ रनको पार्टनरशीप गरिन्। धाराले ३१ रन बनाइन्। धारा गुज्जर र यास्तिका लगातार अन्तरालमा आउट भए पनि भारतलाई म्याच जित्न असुविधा भएन। राघवी बिष्टले अविजित २५ रन बनाएर टीमलाई जीत दिलाइन्। कप्तान राधा यादवले १९ रनको योगदान दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement