नयाँ दिल्ली: सुप्रीम कोर्टले हत्याको एउटा मामिलामा पहलवान सुशील कुमारको जमानत रद्द गऱ्यो। कोर्टले उनलाई एक हप्ताभित्र आत्मसमर्पण गर्ने आदेश दिएको छ। ओलम्पिक पदक विजेता सुशीलमाथि युवा पहलवान सागर धनखड़को हत्याको मामिला दर्ता छ। दिल्ली उच्च न्यायालयले उनलाई जमानत दिएको थियो। पहलवान सुशील कुमार मामिलामा नालिशकर्ताकी वकील जोशीनी तुलीले भनिन्, सुशील कुमारलाई दिइएको जमानत एउटा त्रुटिपूर्ण आदेशले गर्दा आज रद्द गरियो। यसैकारण पीड़ितका पिता अशोक धनखड़को अपीलमा उच्च न्यायालयले आदेशलाई रद्द गरेको छ। हामीले त्यस आदेशलाई त्रुटिपूर्ण आदेश थियो भन्ने आधारमा चुनौती दिएका छौं। यो कानूनन सही होइन कारण अन्तरिम जमानतमा रिहाई पाएपछि सुशीलले जहिले पनि गवाहीहरूसँग मनमानी गर्ने प्रयास गर्छन्। मुख्य गवाहीले मामिलाको समर्थन गरेका थिए। घटनाको भीडियो फुटेज पनि रहेको थियो। यसैकारण आज यस अपीललाई स्वीकार गरियो। सुशीलले अन्तरिम जमानतमा बाहिर निस्किएपछि घाइते गवाहीहरूसहित अन्य सरकारी गवाहीहरूलाई बद्लिने प्रयास गर्छन्। यसैकारण उनीहरू सबै आफ्नो बयानहरूबाट पछि हटिरहेका छन्। निम्न अदालतमा धेरै सरकारी गवाहीहरूसँग सोधपुछ गरिनु बाँकी छ। सुशील कुमारमाथि सम्पत्ति विवादमा ४ मई २०२१-मा दिल्लीको छत्रसाल स्टेडियमको पार्किंगमा जूनियर पहलवान सागर धनखड़ र उनका साथीहरूमाथि प्राणघातक हमला गरेको आरोप छ। हमलामा घाइते भएका सागरको उपचारको क्रममा मृत्यु भएको थियो। पुलिसले यस मामिलामा सुशीललाई पक्राउ गरेको थियो।