डार्विन: दक्षिण अफ्रिकाले दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ५३ रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो।। युवा ब्याटर डेवाल्ड ब्रेविसले ५६ बलमा १२ वटा चौका र ८ वटा छक्काको सहायताले अविजित १२५ रन बनाएर दक्षिण अफ्रिकाको जीतमा महत्त्वपूर्ण योगदान दिए। टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर २१८ रन बनायो। त्यसपछि अष्ट्रेलिया १७.४ ओभरमा १६५ रन बनाएर अलआउट भयो। सीरीजको निर्णायक म्याच शनिवार खेलिनेछ। विशाल लक्ष्यलाई पीछा गर्दै अष्ट्रेलियाले २९ रनमै ट्रेविस हेड (५) र क्यामरन ग्रीन (९ रन)-को विकेट गुमायो। त्यसपछि टिम डेविडले उत्कृष्ट ब्याटिंग गर्दै तेजीको साथ रन बनाए पनि उनलाई कसैले साथ दिएनन्। डेविडले ४ वटा छक्का र ४ वटा चौकाको साथ २४ बल खेलेर ५० रन बनाए। एलेक्स केरीले २६ र कप्तान मिचेल मार्शले २२ रनको योगदान दिए। दक्षिण अफ्रिका बलरहरूमा क्वेना मफाका र कोर्बिन बशले ३-३ विकेट हासिल गरे। म्याचमा पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले पनि ५७ रनमै ३ विकेट गुमाइसकेको थियो। त्यसपछि चाहिँ ब्रेविसले जिम्मेवारी लिएर टीमलाई असल स्थितिमा पुऱ्याए। ब्रेविसले ट्रिस्टन स्टब्ससँग मिलेर चौथो विकेटको निम्ति १२६ रनको पार्टनरशीप गरे। स्टब्सले २२ बल खेलेर ३ वटा चौकाको साथ ३१ रन बनाए। प्लेयर अव् द म्याच रहने ब्रेविसले आज केवल ४१ बलमा आफ्नो शतक पूरा गरे। अष्ट्रेलियाई बलरहरूमा ग्लेन म्याक्सवेल र बेन ड्वारशुईसले २-२ विकेट लिए।