सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लबले फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको दोस्रो सेमिफाइनल म्याचमा ब्राइट स्पोर्टिंग क्लबले मारामार फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-३ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। ब्राइट स्पोर्टिंग क्लबका गोलकीपर राजेश अधिकारीले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। अब शुक्रवार (१५ अगस्त) खेलिने फाइनलमा ब्राइट स्पोर्टिंग क्लब र ओमिशा फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको थियो।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।