हर्ली मेमोरियल कपः फाइनलमा पुग्न सफल भयो १०७ टीए

IMG-20250813-WA0000

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण मंगलवार पहिलो सेमिफाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको चरम रोमाञ्चक म्याचमा १०७ टीए (टेरिटोरियल आर्मी)-ले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-विरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।

नियमित समयको खेलमा टेरिटोरियल आर्मीको तर्फबाट हेमन्त टोप्पो अनि यूकेएफसी को तर्फबाट रोनिक राईले गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement