गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज संयुक्त रुपमा पाकिम जिल्ला न्यायालयको शिलान्यास गरे। यस अवसरमा न्यायाधीश न्यायमूर्ति भाष्करराज प्रधान, सिक्किम सरकारका शिक्षा, खेलकूद एवं युवा मामिला विभागीय मन्त्री राजु बस्नेत, श्रम विभागीय मन्त्री भीमहाङ सुब्बा लगायत सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो। जिल्ला न्यायालय निर्माणले पाकिम जिल्लाको न्यायिक विकासमा एउटा कोशेढुङ्गा हुने आशा गरिएको छ। जसले जिल्लाका नागरिकहरूका लागि कानुनी सुविधाहरू सुनिश्चित गर्नेछ। उल्लेख्य छ, सिक्किम सरकारले राज्यमा थप दुई जिल्ला निर्माणको घोषणा गरपेछि जिल्ला प्रशासन र आधिकारिक संस्थानहरुको कार्यन्वयनमाथि औपचारिक प्रक्रिया शुरु गरेको थियो। यस प्रक्रियाअन्तर्गत आज पाकिम जिल्ला न्यायालयको शिलान्यास भएको हो। परियोजना कार्य पुरा भएपछि न्याय प्रक्रियामा उन्नत बुनियादी ढाँचाअन्तर्गत सेवा शुरू हुनेछ।