अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताको समापनस्पोर्टस भिलेज निर्माणको लागि एकसय करोड़ आवण्टित भएको छः मुख्यमन्त्री

IMG-20250812-WA0118

गान्तोक: ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमको पहलमा हिजोदेखि शुरु गरेको अन्तरविद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नेजियम हलमा समापन भएको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले खेलाड़ीहरुलाई प्रोत्साहित गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसोसिएशनद्वारा गरिएको प्रयालको खुलेर प्रशंसा गर्दै युवा प्रतिभाहहरूलाई ब्याडमिन्टन खेलमा प्रोत्साहन गर्नको निम्ति यस प्रकारको प्रतियोगिता जरुरी हुने बताए। आगामी दिनमा अझ प्रभावी कार्यक्रम आयोजन गर्ने कुरामा जोड़ दिए। यस प्रकारको प्रतियोगिताको माध्यमद्वारा राज्यका युवा खेलाडीहरूलाई विभिन्न राष्ट्रीय साथै अन्तर्राष्ट्रियस्तरका मञ्चमा पुऱ्याउन सकिने बताए।
अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिताको समापन कार्यक्रमलाईसम्बोधन गर्दै मुख्यमन्त्रीले विद्यालय स्तरमा ब्याडमिन्टनलाई लोकप्रिय बनाउन र राज्यमा लुकेर बसेका खेलाडीहरूलाई पहिलोपटक अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता आयोजन गरेर अध्यक्ष जेकब खालिङ र महासचिव सुकान्त दासको नेतृत्वमा प्रभावी काम भइरहेको उल्लेख पनि मुख्यमन्त्रीले सम्बोधनमा गरे। मुख्यमन्त्रीले यस प्रतियोगितामा अंशग्रहण गरेका युवा खेलाडीहरूलाई उच्च लक्ष्य राख्ने र विशिष्टता प्राप्त गर्न कडा मेहनत, समर्पण र अनुशासनका साथ राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रेरित गरे। मुख्यमन्त्रीले राज्यको विविध खेलकुद र खेलाड़ीहरुको विकासमा सरकारबाट पूर्णरूपमा सहयोग हुने वचन पनि दिए। राज्यमा स्पोर्स्टस भिलेज विकासको लागि भूमिको लागि सरकारले एकसय करोड बजेट आवण्टन गरेको पनि जानकारी गराए। प्रस्तावित स्पोर्स्टस भिलेजमा सबै खेल विधाहरूलाई समेट्ने आधारभूत संरचना हुने बताए। यसअन्तर्गत खेलाड़ीहरुका लागि होस्टेल सुविधा समावेश हुने बताउँदै मुख्यमन्त्रीले सरकारले २०२८ सम्म परियोजना पूरा गर्ने लक्ष्य राखेको अवगत गराए। मुख्यमन्त्रीले यसबर्षको अन्त्यतिर सिक्किमले आयोजना गर्न सक्ने सम्भावित राष्ट्रिय जूनियर ब्याडमिन्टन च्याम्पियनशिपलाई ध्यानमा राखी संघले राखेको मागलाई कार्यरुप दिने वचन दिए। फाइनल खेलको अवसरमा खेलकुद एवं युवा विभागका मन्त्री राजु बस्नेत, अन्य मन्त्रीगण, विधायकगण लगायत अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement