मंगन: मङ्गनका जिल्लाका जिल्लापाल तथा जिल्ला चुनाउ अधिकारी अनन्त जैनले आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसंग उच्चस्तरीय बैठक गरे। स्मरण रहोस्, भारतीय निर्वाचन आयोगको दिशानिर्देश बमोजिम निर्वाचनसम्बन्धी कानून र दिशानिर्देशहरूबारे समीक्षा गर्न राजनीतिक दलका प्रतिनिधिहरूसँग यस प्रकारको बैठक आयोजित गरिन्छ। जिल्लामा निर्वाचन प्रक्रियाको क्रममा पारदर्शिता, निष्पक्षता र दलहरूबीच सहयोग सुनिश्चित गर्ने कुरालाई जिल्ला चुनाउ अधिकारीले बैठकमा प्रमुखता दिएका थिए। जिल्ला चुनाउ कार्यालयको मासिक बैठकअन्तर्गत कानुनी चुनाउ प्रकिया कायम राख्न यस प्रकारको बैठक आयोजन गर्दै आएको छ। बैठकमा अतिरिक्त जिल्लापाल पेमा वाङ्छेन नामकर्पा, निर्वाचन विभागीय उपसचिव कर्मा शेर्पा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।