गेजिङ: आगामी ७९औं स्वतन्त्रता दिवस समारोहको तयारीलाई लिएर गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी डेञ्जोङपाको अध्यक्षतामा एक समीक्षा सभा सम्पन्न भयो। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको उक्त बैठकले आगामी कार्यक्रमबारे छलफल गरेको थियो। मुख्यगरि, कोष सङ्कलन, खेलकुदको तयारी, पुरस्कार तथा प्रशंसापत्रको मस्यौदा, परेड समन्वय र निर्धारित प्रोटोकल अनुरूप अन्य तयारीहरूमाथि समीक्षा गरियो। उफस्थित सबै सम्बन्धित विभागहरूले आफ्नो तयारी प्रतिवेदन प्रस्तुत गरे। प्रतिनिधिहरुले तोकिएको जिम्मेवारीलाई अन्तिमरूप दिने कार्य भएको पुष्टि गरे। जिल्लापालले सबै विभागहरूलाई उत्सवको सहज सञ्चालन सुनिश्चित गर्न आ-आफ्नो कर्तव्यहरू पालना गर्ने निर्देश दिए।