च नाम्ची जिल्लाअन्तर्गत विभिन्न ग्राम पञ्चायत यूनिटमा आज हर घर तिरङगा अभियान अन्तर्गत तिरङगा यात्रा आयोजन गरियो। उक्त कार्यक्रममा पञ्चायत सदस्यगण, स्थानीयवासी, विद्यार्थीवर्ग लगायत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूले उत्साहपूर्वक अंशग्रहण गरेका थिए। यस अवसरमा मणिराम फालीडाँडा जीपीयूले भञ्ज्याह बजारबाट तिरङगा यात्रा शुरू गरेको थियो। यसैगरि दामथाङ जीपीयूले दामथाङ माध्यमिक विद्यालयबाट शुरु गरेको तिरङगा यात्रा ग्राम प्रशासनिक केन्द्रमा पुगेर समापन भएको थियो। तिङऱीथाङ र आसाङथाङ ग्राम पञ्चायत यूनिटले पनि तिरङगा यात्रा आयोजना गरेको थियो। विभिन्न जीपीयूमा भएको कार्यक्रममा सरकारी अधिकारीहरु, कर्मचारीहरु, विद्यार्थीहरु, स्थानीय नागरिक समाज लगायत गैरसरकारी संस्थाहरुको बाक्लो सहभागिता थियो।