रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिने निवेदन छ: सभासद श्याम शेर्पा
खरसाङ: गत ८ अगस्तमा खरसाङको सुधपा टोलमा गएको पैह्रोले बन्द रहेको बाईपास रोड खोलाउन आजदेखि मरमत्तिको कार्य शुरु गरिएको छ। केही दिनदेखि लगातार रुपमा परिरहेको पानी झरीले गर्दा खरसाङको सुधपा टोलमा रोड प्वाँल परेपछि कल्भर्ट बन्द भएपछि बाईपास रोड बन्द भएको थियो। उक्त रोड खोलाउन जीटीए प्रमुख अनित थापाको निर्देशनमा आजदेखि कार्य शुरु गरिएको छ। यस रोडको मरमत्तिको कार्य शुरु भएकोले यो रोड खोलाउन अझैं केही समय लाग्न सक्ने क्षेत्रीय सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। यस रोडको मरमत्तिको कार्य शुरु गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले चालकहरुलाई पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दै यो रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिने निवेदन गरेका छन्। उनले जनताको असुविधालाई हेरेर रोड मरमत्तिको कार्य शुरु गरिएको जानकारी गराएका छन्। उनले मरमत्तिको कार्य गुणस्तरको हुनुपर्छ भन्दै यो रोड मरमत्तिको कार्य पूरा भएर खोलिनु समय लाग्न सक्छ र चालकहरु र स्थानीयहरु सबैलाई पर्न गएको असुविधाप्रति खेद प्रकट गरेका छन्।