सोनादामा २७ पुरिया ब्राउन सुगरसितै एकजना पक्राउ

IMG-20250812-WA0112

सोनादा: सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा २७ पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका उक्त व्यक्तिलाई दार्जिलिङ कोर्ट पठाइएको जानकारी प्राप्त भएको छ। ड्रग्ससितै एकजनालाई पक्राउ गर्नमा सोनादा ट्राफिक पुलिसको पनि सहयोग रहेको बताइएको छ‌।
दार्जिलिङ पुलिस अधीक्षकको निर्देशनमा सोनादा क्षेत्रमा ड्रग्स सेवन गर्ने, ओसार पसार गर्ने पक्राउ गरिसकेको छ। यसभन्दा पहिला पनि ड्रग्स सेवन गर्ने कतिजनालाई रिहाप सेन्टरमा पनि पठाई सकेको छ। ड्रग्स रोकथामको लागि सोनादा पुलिसको पहल सराहनीय छ तर यो यसमा स्थानीय गाउँ समाज पनि पहल हुनु पर्ने तथा गाउँ समाजबाट पनि पुलिसलाई सहयोग हुनु पर्ने देखिएको छ। पुलिसले आफ्नो काम गरिरहेको छ तर गाउँ समाज पनि जागरुक भएर ड्रग्स सेवन र रोकथामको लागि पहल गर्दै यसलाई समाजमा जरैबाट उँखलेर फ्याँक्ने समय आएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement