आकाशवाणीलाई युवाहरु समक्ष लाने उद्देश्यको साथमा आकाशवाणी खरसाङद्वारा सोनादा डिग्री कलेजमा विभिन्न कार्यक्रमहरु आयोजित

IMG-20250812-WA0107

सोनादा आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेजम पुगेर कलेजका विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। विशेष गरेर आकाशवाणी गत वर्ष २०२४ मा ९० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्नुको साथै आकाशवाणीले युवाहरुलाई मञ्च प्रदान गर्नु र युवाहरु समक्ष पुग्नलाई आकाशवाणीले विशेष पहल गरिरहेको छ। यसै क्रममा आकाशवाणी खरसाङले विभिन्न कलेजहरुमा पुगेर युवाहरुलाई लिएर कार्यक्रम आयोजना गरिरहेका छन्। यसै क्रममा आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेज पुगेर विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। आकाशवाणी खरसाङको टोलीमा प्रसारण निष्पादकहरु मिङमा दोर्जे लामा, मनन तामाङ र योजना मोहोरा साथै वरिष्ठ उदघोषक उमेश कार्कीढोली उपस्थित रहेका थिए भने अभिषेक गोयल, मौसम नेवार, पुरण राई लगायत अन्यहरु उपस्थित रहेका थिए। आकाशवाणी युवाहरु समक्ष लाने उद्देश्यले विभिन्न प्रतियोगिताहरु जस्तै क्विज, निबन्ध लेखन र वाकपटुता आयोजना गरिएको छ‌ यस प्रतियोगिता अन्तर्गत क्विजमा प्रथम प्रितिसा राई, दोस्रो रोशनी छेत्री, तेस्रो सहनाज बेगम, निबन्ध लेखनमा प्रथम रोशनी छेत्री, दोस्रो साईना राणा, तेस्रो अभिषेक शर्मा र वाकपटुतामा प्रथम श्रेया गुरुङ, दोस्रो विवेक थापा र तेस्रो प्रितिसा राई भएका छन्‌।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकाशवाणीको तर्फबाट प्रमाण पत्रसहित उपहार प्रदान गरिएको छ। आकाशवाणी खरसाङ रेडियो सेटमा अनि न्यूज़ ऑन एयर अप र एफएम १०३.५ मेगाहर्ज साथै एफएम दार्जीलिंग १००.२ मेगाहर्ज मा पनि सुन्न सकिने बताइएको छ। आकाशवाणी खरसाङले आगामी दिनमा पनि विभिन्न कलेजहरुमा पुगेर यस्तै कार्यक्रमहरु आयोजना गरेर आकाशवाणीलाई युवाहरु समक्ष लाने र आकाशवाणीमा‌ मञ्च प्रदान गर्ने पहल लगातार रुपमा गर्ने प्रसारण निष्पादिका योजना मोहोराले बताएकी छन्। उनले कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्। यसको साथै सोनादा डिग्री कलेजकी प्राचार्य डा रागिनी थापाले आफ्नो सम्भाषण राखेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement