सिलगढी: आसिघर आउटपोस्ट पुलिसले आज तीनजना बदमासहरुलाई पक्राउ गरेको छ। यि बदमास हरुले अँध्यारोमा स्थानीय मानिसहरूलाई धारिलो हतियारले हमला गरेका थिए। यस मामलामा पक्रा पर्नेहरूमा विश्वजीत मण्डल (२६), तन्मय सरकार उर्फ पटल (२४) र शुभङ्कर व्यापारी (२१) सामेल छन्। तिनीहरू शान्तिनगर बहु बजार निवासी हुन्। ज्ञात रहोस गत आइतबार राति लगभग १२ बजी शान्तिनगर इलाकामा केही मानिसहरू मातेको अवस्थामा एउटा घरअघि आएर अभद्र भाषामा गाली-गलौज गर्न थाले। यसपछि स्थानीय मानिसहरूले यसको प्रतिवाद गर्दा २० -२५ जनाको गुट धारिलो हतियार लिएर आएपछि स्थानीय मानिसहरूमाथि हमला गर्दा केही घाइते भएको बताइएको छ। यसको साथै तिनीहरूले इलाकाका महिलाहरूमाथि पनि हमला गरेको साथै केही महिलाहरूको सुनको चेन लुटेर लगेको आरोप रहेको छ। उक्त घटनापछि स्थानीय मानिसहरूले केही दुष्कृतिहरूविरुद्ध आसिघर आउटपोस्टमा लिखित अभियोग दर्ता गरेका थिए। अभियोग दर्ता गरेको २४ घण्टाको अवधिमा पुलिसले ३ जनालाई पक्राउ गरेको छ भने घटनामा अन्य केही संलग्न रहेको आशंकामा छानबीन शुरू गरेको छ।








