९ साल साथमा रहेपछि रोनाल्डोले पार्टनर जर्जिना रोड्रिगेजसँग गरे मंगनी

IMG-20250812-WA0076

नयाँ दिल्ली: पोर्तुगल र अल नस्रका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले पार्टनर जर्जिना रोड्रिगेजसँग मंगनी गरे। जर्जिनाले इन्स्टाग्राममा मंगनीको औंठीको तस्वीर शेयर गरेकी छन्। जर्जिनाले आफ्नो र रोनाल्डोको हातको एउटा तस्वीर शेयर गरेर लेखेकी छन्, म तपाईंसँग माया गर्छु। यो जिन्दगी र आउने हरेक जिन्दगीमा। रोनाल्डो र जर्जिना २०१६-देखि नै एकसाथ छन् अनि लगभग ९ सालपछि यी दुईजनाले आफ्नो सम्बन्धलाई एक कदम अघि बढ़ाउने फसेला गरेका छन्। रोनाल्डो र जर्जिनाबीच पहिलोपल्ट एउटा ब्राण्ड स्टोरमा भेट भएको थियो अनि २०१७-मा यी दुईजनाले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिए। रोनाल्डो र जर्जिनाको चारजना नानीहरू छन्। यसबाहेक रोनाल्डोको जर्जिनासँग सम्बन्ध बाहिर पनि एकजना छोरा रहेका छन्। जर्जिनाले अहिले पाँचजना नानीहरूको हेरचाह गरिरहेकी छन्। रोनाल्डोले आफ्नो डक्यूमेण्ट्रीमा जर्जिनालाई एकजना रोचक महिला अनि आफ्नो उमेरभन्दा धेरै परिपक्व भनेर वर्णित गरेका छन्। रोनाल्डो र जर्जिना दुवैको परिवार यूरोपमा बस्ने भए पनि यो जोड़ी गत केही सालदेखि नानीहरूसँग सऊदी अरबमा रहेको छ। रोनाल्डोले सऊदी अरबको क्लब अल नस्रबाट खेलिरहेका छन्। उल्लेखनीय छ, रोनाल्डोले जुन औंठीलो साथ जर्जिनालाई प्रेम प्रस्ताव दिएका थिए, त्यससको मूल्य एक मिलियन यूएस डलर (लगभग ८.७६ करोड़ रुपियाँ) बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement