नयाँ दिल्ली: ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीज समाप्त भएपछि अहिले भारतीय क्रिकेट टीमको ध्यान आउँदो महिना हुने एशिया कपमा रहेको छ। ईंग्ल्याण्ड यात्रामा कार्यभार प्रबन्धनले गर्दा केवल ३ वटा टेस्ट म्याच खेल्ने पेस बलर जसप्रीत बुमराहको उपलब्धतालाई लिएर संशय जारी छ तर ताजा रिपोर्टमा उनले एशिया कपमा हिस्सा लिने दावी गरिएको छ। न्यूज एजेन्सी पीटीआई-को रिपोर्टअनुसार, बुमराहलाई यस बहुराष्ट्रिय टुर्नामेण्टको निम्ति भारतीय टीममा सामेल गरिनेछ तर अक्टोबरमा वेष्ट इण्डिजविरुद्ध खेलिने पहिलो टेस्ट म्याचमा चाहिँ उनलाई विश्राम दिइनेछ। रोहित शर्माको स्थानमा नयाँ टेस्ट कप्तान नियुक्त हुने शुभमन गिल अहिले असाधारण फर्ममा छन्। अब उनी अक्षर पटेलको साथ टी२० टीमको उपकप्तान बन्ने रेसमा सामेल भएका छन्। एशिया कपको आयोजन टी२० प्रारूपमा यूएई-मा ९ सेप्टेम्बरदेखि शुरु हुनेछ अनि २८ सेप्टेम्बरसम्म चल्नेछ। अजीत अगरकरको अगुवाईमा रहने भारतीय चयन समितिले १९ या २० अगस्तमा एशिया कपको निम्ति टीमको घोषणा गर्न सक्छ। टीमको घोषणा गर्न अघि सेण्टर अव् एक्सीलेन्समा मेहनत गरिरहेका खेलाड़ीहरूका फिटनेसमाथि विशेष ध्यान दिइनेछ। यसमा टी२० कप्तान सूर्यकुमार यादव पनि सामेल छन्, जसले सर्जरीपछि पुनर्वास पूरा गरेर नेट्समा ब्याटिंग अभ्यास शुरु गरिसकेका छन्।
भारतीय टीमलाई चयनलाई लिएर केही मुश्किल फसेला हुनेछ तर भारतीय चयनकर्ताहरू निश्चित रूपले निरन्तरतालाई कायम राख्न चाहन्छन्, जसले उनीहरूलाई सूर्यकुमारले टी२० कप्तानको रूपमा पदभार सम्हालेपछि धेरै सफलता दिलाएको छ। ईंग्ल्याण्डविरुद्ध गत घरेलु सीरीजमा अक्षर उपकप्तान थिए तर गत वर्ष श्रीलंका यात्रामा सूर्यकुमारले टी२० टीमको कप्तानी सम्हाल्दा गिललाई उपकप्तान बनाइएको थियो। यसैकारण चयन समितिले यस सेटअपमा अधिक फेरबदल गर्ने सम्भावना कम्ती नै छ कारण अभिषेक शर्मा, सञ्जु सेमसन, सूर्यकुमार, तिलक वर्मा र हार्दिक पाण्ड्या अगावै शीर्ष पाँचमा सामेल छन्। यसबीच बीसीसीआई-का एकजना शीर्ष अधिकारीले भनेका छन्, अभिषेक शर्मा अहिले विश्वका नम्बर एक टी२० ब्याटर हुन्। सञ्जु सेमसनले गत सीजनमा ब्याटिंगको साथ विकेटकीपरको भूमिकामा पनि असाधारण प्रदर्शन गरेका थिए तर वर्तमान फर्मको आधारमा शुभमनलाई किनारा लगाउन पनि सकिँदैन। यसैकारण फसेला लिनु कठिन हुनेछ। गिलले आईपीएलमा पनि असल प्रदर्शन गरेका थिए। शीर्ष क्रममा धेरैजना असल खेलाड़ी रहनु नै चयनकर्ताहरूका निम्ति समस्या बनेको छ।
शीर्ष क्रममा एकाधिक स्तरीय खेलाड़ीहरू रहेका हुनाले यशस्वी जयसवाल र साई सुदर्शनले स्थान पाउनु मुश्किल भइरहेको छ। वनडे प्रारूपमा विकेटकीपरको रूपमा खेल्ने केएल राहुलले पनि टी२० टीममा मौका पाउनु गाह्रो छ कारण उनले मध्यक्रममा ब्याटिंग गर्दैनन्। विकेटकीपरको रूपमा अहिले सेमसन शीर्षमा रहेका छन्। दोस्रो विकेटकीपरको रूपमा जितेश शर्मा र ध्रुव जुरेलबीच प्रतिस्पर्धा हुनेछ। जुरेल भारतको गत टी२० सीरीजको हिस्सा थिए जबकि जितेश आईपीएल च्याम्पियन आरसीबी टीमको हिस्सा थिए अनि उनले असल प्रदर्शन गरेका थिए। उनले फिनिशरको रूपमा असल प्रदर्शन गरेका छन्। पेस बलिंग अलराउण्डरको रूपमा हार्दिक पाण्ड्याको स्थान पक्का छ जबककि ईंग्ल्याण्ड यात्रामा चोटको शिकार हुने नीतीश कुमार रेड्डी समयमा फिट हुनु मुश्किल छ। शिवम दुबेले पनि टीममा मौका पाउन सक्छन्। यसरी अक्षरको साथमा वाशिंगटन सुन्दरले स्पिनर बलिंग अलराउण्डरको रूपमा टीममा स्थान पाउन सक्छन्। भारतीय चयनकर्ताहरूका निम्ति पेस बलिंग विभागको चयन गर्नु पनि सजिलो हुनेछैन। बुमराह र अर्शदीप सिंहको स्थान पक्का रहेको छ। यसैकारण तेस्रो पेस बलरको निम्ति प्रसिद्ध कृष्णा र हर्षित राणाबीच लड़ाइँ हुनेछ। प्रसिद्धले आईपीएल २०२५-मा २५ विकेट लिएका थिए जबकि हर्षितसँग असल बलिंग गर्ने क्षमता रहेको छ।
एशिया कपको निम्ति सम्भावित भारतीय टीम यसप्रकार छः
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल, अभिषेक शर्मा, सञ्जु सेमसन (विकेटकीपर), तिलक वर्मा, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर, वरुण चक्रवर्ती, कुलदीप यादव, जसप्रीत बुमराह, अर्शदीप सिंह, हर्षित राणा/प्रसिद्ध कृष्णा, हार्दिक पाण्ड्या, जितेश शर्मा/ध्रुव जुरेल।