राष्ट्रिय खेलहरूमा स्वर्ण पदक विजेता गगनदीप सिंहमाथि ३ सालको प्रतिबन्ध

IMG-20250812-WA0069

नयाँ दिल्ली: राष्ट्रिय खेलहरूमा डिस्कस थ्रो स्पर्धाका स्वर्ण पदक विजेता गगनदीप सिंहसहित एकाधिक खेलाड़ीहरूमाथि राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-द्वारा ३ सालको प्रतिबन्ध लगाइएको छ। यी खेलाड़ीहरूले डोपिंगको आरोप लागेको २० दिनभित्र आफ्नो अपराध स्वीकार गरेका थिए। यसैकारण उनीहरूका शास्ती ४ सालको सट्टा ३ साल गरियो। सेनाको प्रतिनिधित्व गर्ने गगनदीपले १२ फरवरीमा उत्तराखण्डमा भएको राष्ट्रिय खेलहरूमा डिस्कस थ्रो स्पर्धामा ५५.०१ मीटरको सर्वश्रेष्ठ थ्रो गरी स्वर्ण पदक जितेका थिए। त्यसपछि उनलाई डोपिंग जाँचमा पोजिटिभ पाइएको थियो। उनको नमूनामा टेस्टोस्टेरोन मेटाबोलाइट्स भएको पुष्टि भएपछि उनीमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो। यस ३० वर्षीय खेलाड़ीको प्रतिबन्धको अवधिको शुरुवात १९ फरवरी २०२५-देखि हुनेछ। खेलाड़ीको पहिलो अपराधको निम्ति अधिकतम प्रतिबन्धको अवधि ४ साल हुन्छ तर नाडाको नियमहरूको अनुच्छेद १०.८ (परिणाम प्रबन्धन सम्बन्धी)-अन्तर्गत खेलाड़ीले आफ्नो अपराध, चाँड़ै स्वीकार गरे शास्ती कम्ती गर्न सकिन्छ।
गगनदीपबाट राष्ट्रिय खेलहरूमा जितेको पदक फिर्ता लिइनेछ। यसरी हरियाणाका खेलाड़ी निर्भय सिंहले जितेको रजत पदक अब स्वर्ण पदकमा बद्लिनेछ। ट्र्याक एण्ड फील्डका अन्य दुई एथलीट सचिन कुमार र जैनु कुमारलाई पनि यस प्रावधानको लाभ प्राप्त भएको छ। डोपिंगमा पक्रा गर्ने यी दुईजना एथलीटको शास्ती पनि एक साल कम्ती गरिएको छ। सचिनमाथि ३ सालको प्रतिबन्ध १० फरवरीदेखि अनि जैनुमाथि यो तारिख २० फरवरीदेखि शुरु हुनेछ। यस प्रावधानको लाभ जूडो खेलाड़ी मोनिका चौधरी र नन्दिनी वत्स, प्यारा पावरलिफ्टर उमेशपाल सिंह र सेमुएल वनलालपन्पुइया, भारोत्तोलक कविन्दर, कबड्डी खेलाड़ी शुभम कुमार, पहलवान मुगाली शर्मा, वुशू खेलाड़ी अमन र राहुल तोमरबाहेक एक नाबालिग पहलवानलाई पनि प्राप्त भएको छ। यी खेलाड़ीहरूमा अधिकांशलाई नै यस सालको शुरुवातमा नाडाद्वारा अस्थायी रूपले निलम्बित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement