गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक आवासमा
इञ्चे गुम्पाका परम पावन छोगट्रुल पेमा कुन्ड्रोल रिम्पोछे र परम पावन छोगट्रुल जुर्मी येसी दोर्जी रिम्पोछेसॅंग भेट गरे।
उक्त जानकारी मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले रिम्पोछेहरूको उपस्थितिले गहिरो शान्ति र आध्यात्मिक न्यानोपन अनुभव भएको बताएका छन्।

उनले रिम्पोछेहरूको आशीर्वाद र मार्गदर्शनको लागि आभार व्यक्त गरेका छन्। मुख्यमन्त्रीले रिम्पोछेहरूको सुस्वास्थ्य, खुशी र शक्तिको कामना पनि गरेका छन्।