सिलगढी: डेङ्गुको प्रकोप सिलगढी क्षेत्रमा दिनोदिन बढ्दै गइरहेको छ।नगरनिगमको अव्यवस्था विरुद्ध सीपीआईएम २ नम्बर एरिया कमिटीले अनौठो रूपमा २ नम्बर बोरो अफिस अभियान चलाएका छन्। सीपीआईएम कार्यकर्ता तथा समर्थकहरूले आज बोरो अफिस अघि मच्छरदानी लगाएर यसको विरोध जनाए। सीपीआईएम २ नम्बर एरिया कमिटीले डेङ्गु विषयमा सिलगढी नगरनिगमविरुद्ध विविध आरोपहरु पनि लगाए। सिलगढी सहरमा जल निकासी व्यवस्था, साफ-सफाई, फगिङ, ब्लिचिङ छर्किने कामहरू नभएको तिनीहरूले आरोप लगाए। सिलगढी नगरनिगम दुर्गा पुजा कार्निभल, याली र मीटिङ आदिमा व्यस्त रहेको छ। यसैले आज बोरो अफिस अभियान चलाएको हो। यस सम्बन्धमा सीपीआईएम २ नम्बर एरिया कमिटीका सचिव सौरभ सरकारले भने, आफूहरूले दुर्गा पुजाअघि सबै बोरो अफिसहरूमा अभियान चलाइरहेका छौं। सहरका मानिसहरूले सबै आवश्यक सेवाहरू पाओस् भन्ने उद्देश्य लिएर उक्त अभियान चलाइरहेको तिनले बताए।
								



								

															
                    



