कैलाश मानसरोवर यात्राको आठौं समूह आइपुगे गान्तोक

IMG-20250811-WA0151

गान्तोक: कैलाश मानसरोवर यात्राको आठौं समूहले तीर्थयात्रा सफलतापूर्वक सम्पन्न गरी आज गान्तोक फर्किएको छ। कुल ४९ जना तीर्थयात्रीहरू र चार जना सहयोगी कर्मचारीहरूलाई भारत-चीन सिमानाको नाथुला गेटमा सिक्किम पर्यटन विकास निगम (एटीडीसी) को टोलीले स्वागत गरेर रातको बसाइका लागि होटल माउन्ट सिनियोल्चुमा लगिएको थियो।
साँझ आयोजित एक समारोहमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार वीरेन्द्र ताम्लिङले सबै तीर्थयात्रीहरूलाई यात्रा सम्पन्नताको प्रमाणपत्र प्रदान गरे। उक्त समारोहमा एसटीडीसी-का अध्यक्ष लुकेन्द्र रसाइलीको पनि उपस्थिति थियो। यस अवसरमा धेरै तीर्थयात्रीहरूले आफ्ना अनुभवहरू साझा गरे र यात्रामा संलग्न सबै विभागहरू, विशेष गरी विदेश मन्त्रालय, सिक्किम सरकार र एसटीडीसी प्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनीहरूले सिक्किम सरकारको उत्कृष्ट सेवा, आरामदायी व्यवस्था, यातायात सुविधा र न्यानो आतिथ्यको प्रपनि शंसा गरे। केही तीर्थयात्रीहरूले भविष्यमा परिवार र साथीहरूसहित सिक्किम फर्कने इच्छा व्यक्त गरेका छन्।
समारोहमा सम्बोधन गर्दै वीरेन्द्र ताम्लिङले मुख्यमन्त्रीको तर्फबाट तीर्थयात्रीहरूलाई बधाई दिंदै सिक्किममा पुनः आउन र ‘अतिथि देवो भव’ को सच्चा सार अनुभव गर्न खुला निमन्त्रणा दिए।
प्राप्त जानकारीअनुसार भोलि आठौं समूहका तीर्थयात्रीहरू गान्तोकबाट आफ्ना गन्तव्यहरूका लागि प्रस्थान गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement