मानेबुङ देन्ताममा देखियो स्वतन्त्रता दिवसको भव्य उत्सव

IMG-20250811-WA0150

गेजिङ: ७९औँ स्वतन्त्रता दिवस कार्यक्रमअन्तर्गत छैटौँ दिनको अवसरमा देन्तामको सार्वजनिक खेल मैदान बिहानैदेखिनै उत्साह, उल्लास र देशभक्तिको रौनकताले भरिएको थियो। कार्यक्रमको प्रारम्भ सांस्कृतिक प्रस्तुतिहरूबाट भयो। जहाँ रंगीन पोशाकमा सजिएका कलाकारहरूले विभिन्न प्रस्तुति दिए। यस वर्षको मुख्य आकर्षण लातेभकुण्डो प्रतियोगिता रहेको छ। पहिलो खेलमा मेनलाइन ट्याक्सी ड्राइभर टोलीले दाथाङ स्पोर्टिङ क्लबलाई ०–१ गोलले पराजित गर्दै जीत हासिल गर्योइ। दोस्रो खेलमा देन्ताम पुलिसले फ्रेन्ड्स सर्कललाई १–६ को अन्तरले हरायो। देशभक्ति, सांस्कृतिक विविधता र खेलकुदको जोशको अद्भुत संगम बनेको यस समारोहले मानेबुङ देन्तामको पहिचानलाई झन् उज्यालो बनाएको थियो। सम्पूर्ण गाउँलाई राष्ट्रिय गौरवको एउटै सुत्रमा बाँधिदिएको आयोजक समितिले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement