राजधानीमा अन्तरविद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

n6764006621754935985937714606f6944de250d92212cc2e1cbe82089fd364ee5a4d42cac40468e6a3b08a

गान्तोक: राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नेजियम हलमा आजदेखि अन्तरविद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरू भयो। यस अवसरमा खेलकुद एवं युवा मामिला विभागीय मन्त्री राजु बस्नेत मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विभागको तर्फबाट ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमलाई बधाई दिँदै मजबुत खेल संस्कृति निर्माण गरेर विद्यालयस्तरमा प्रतिभा पहिचान गर्नुपर्ने विषयमाथि जोड दिए। उनले खेलकुदप्रेमी मुख्यमन्त्रीको नेतृत्वमा राज्यमा खेलकुदको लागि यो अवधिलाई स्वर्ण युगकोरूपमा वर्णन गर्दै प्रतियोगिताको खुल्लारूपमा घोषणा गर्दै खेलाडीहरूलाई अवसरको अधिकतम सदुपयोग गर्ने आग्रह गरे। यस वर्षको प्रतियोगितामा जिल्लास्तरीय चरणमा अन्डर-१७ र अन्डर-१९ वर्गका एकसय भन्दा अधिक विद्यालयहरूले भाग लिएका थिए। जसमध्ये ३६ विद्यालय टोली र व्यक्तिगत दुवै फाइनलका लागि छनोट भएको बताए। यस प्रतियोगितामा राज्यभरिका ९६ विद्यालयबाट कूल ६६७ जना खेलाडीहरूले सहभागिता जनाएका थिए।

सोही प्रकारले ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमका अध्यक्ष जेकब खालिङले ओलम्पिक सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा उपलब्धि हासिल गर्ने लक्ष्य राख्दै उचित प्रशिक्षणको माध्यमबाट सिक्किमको हरेक कुनाबाट प्रतिभाको खोजी र विकास लक्ष्य रहेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement