सिलगढीद्वारा मिरूनल एफसी पराजित

IMG-20250811-WA0148

गान्तोक: आगामी ७९औं स्वतन्त्रता दिवस समारोहको अवसर पारेर पाकिमस्थित सेन्ट जेभियर्स स्कूलको खेल मैदानमा आयोजित फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मिरूनल एफसी कलकत्ता बनाम ओमिसा इन्टरप्राइज सिलगढीबीच भिड़न्त भयो। पाकिम स्पोर्टिङ क्लब र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा आयोजित प्रतियोगिताको उद्देश्य राज्य स्थापनाको ५० वर्षको स्मरण गर्दै नाशामुक्त सिक्किमको सन्देशलाई जनजनमा पुऱ्याउनु रहेको छ। कार्यक्रममा गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। प्रतियोगिता अन्तर्गत पहिलो खेल मिरूनल एफसी कलकत्ताविरूद्खको खेलमा ओमिसा इन्टरप्राइज सिलगढी विजयी भयो। यस प्रतियोगितामा ओमिसा इन्टरप्राइजका खेलाडी प्रितम सुब्बालाई म्यान अफ् द म्याच घोषित गरियो। यसरी नै अन्तरविद्यालयस्तर सांस्कृतिक कार्यक्रममा बहाई स्कल र लिङके विद्यालयले ब्याण्ड प्रदर्शन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement