राजनीतिक दलका प्रतिनिधिहरूसित जिल्लापालको बैठक

IMG-20250811-WA0147

गान्तोक: भारतीय चुनाउ आयोगको निर्देशअनुसार गेजिङ जिल्लाका जिल्लापालको पहलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर एक सभा आयोजना गरियो। विशेष गरेर भारतीय चुनाउ आयोगले प्रत्येक महिना राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर समन्वय सभा आयोजना गर्ने निर्देश जारी गरेको छ। यसक्रममा गेजिङ जिल्लाका जिल्लापालले जिल्ला प्रशसनिक केन्द्रमा गेजिङ जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर समन्वय सभा आयोजना गरेको बताएका छन्। गेजिङ जिल्लाका जिल्लापाल तेजिङ डी डेञ्जोङपाको अध्यक्षतमा सम्पन्न भएको सभामा महकुमा अधिकारी सन्देश सुब्बा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै महकुमा अधिकारी सुब्बाले आगामी कार्यक्रमको प्रमुख विषयहरू मतदान केन्द्रहरूको सुव्यवस्थितिकरण र मतदाता नामावलीहरूको गहन संशोधनबारे प्रकाश पारे। सभामा विशेष गरेर मतदाताहरूको समतामूलक वितरण सुनिश्चित गर्न सबै मतदाताहरूको सुविधा बढाउने र मतदान केन्द्रहरूको समीक्षाको महत्त्वमाथि जोड दिए। मतदाता नामावलीको संशोधनमाथि बैठकले जोड़ दिएको छ। योग्य मतदातालाई सही रूपमा चयन गरेर मतदाता नामावलीमा सामेल गराउने निर्णय गरेको छ। सभालाई सम्बोधन गर्दै जिल्लापालले सबै सरोकारवालाहरूलाई भारतीय चुनाउ आयोगद्वारा जारी निर्देशलाई पूर्ण रूपमा सहयोग गर्ने र पारदर्शी प्रक्रिया सुनिश्चित गर्ने आदेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement