गान्तोक: राष्ट्रव्यापी “हर घर तिरङ्गा” अभियानअन्तर्गत, राष्ट्रिय प्रविधि संस्थान (एनआइटी), सिक्किमद्वारा आज तिरङ्गा ऱ्याली निकालियो। भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रप्रेमको भावना जागृत गर्न ऱ्याली आयोजन गरेको थियो। संस्थानको क्याम्पसबाट शुरु भएको ऱ्याली राभाङला महकुमा कार्यालय परिसरमा पुगेर समापन भएको थियो। राष्ट्रवादी भावनालाई निरन्तरता दिँदै भारत सरकारले २ अगस्तदेखि १५ अगस्त, २०२५ सम्म राष्ट्रव्यापी हर घर तिरङ्गा उत्सव घोषित गरेको छ। सरकारको ध्वजवाहक कार्यक्रमहरूलाई कार्यान्वयन गर्न एनआइटी सिक्किमले पनि तत्परता देखाएको छ। विद्यार्थी, सङ्काय अनि कर्मचारीहरूबीच राष्ट्रिय गौरव अनि ऐक्यवद्धताको सन्देन दिन ऱ्यालीको लक्ष्य रहेको थियो। एनआइटी सिक्किमका निर्देशक प्रो. महेशचन्द्र गोविलद्वारा ३९ फिल्ड रेजिमेन्ट, राभङलाका लेफ्टिनेन्ट माधव शर्मालगायत विभाग प्रमुखहरूको उपस्थितिमा ऱ्यालीलाई झण्डा देखाएर प्रस्थान गराइएको थियो। यस अवसरमा चारसय भन्दा अधिकले विद्यार्थी र शिक्षकहरुले ऱ्यालमा सहभागिता जनाउँदै राष्ट्रिय झण्डा बोकेर राष्ट्रवादी नारा लगाएका थिए। ऱ्यालीपछि प्रो. गोविलले स्वतन्त्रता सेनानीहरूका बलिदानप्रति श्रद्धाञ्जलिस्वरूप तिरङ्गाको प्रतीकात्मक महत्त्वबारे बताए। भारतको सार्वभौमिकता अनि एकताको विरासतलाई सर्वोच्च सम्मानका साथ अक्षुण्ण राख्नुपर्ने कुरामा जोड़ दिए। ३९ फिल्ड रेजिमेन्टका कमाण्डिङ अफिसर कर्णल शुभोजीत देले अपरेशन सिन्दूरको समय रक्षा तन्त्रहरूबीच समन्वयन अनि भूमिकाबारे प्रकाश पारे। यस प्रकारको चुनौतीहरूलाई प्रभावीरूपमा कार्यरुपमा उतार्न भारतीय सशस्त्र बलद्वारा तैनाथ उन्नत प्रविधि अनि उपकरणबारे पनि अवगत गराए।