धेरै मात्रामा खोकीको औषधिसितै एकजना पक्राउ

IMG_20220920_194534.jpg

सिलगढी: एनजेपी थाना पुलिसले अवैध खोकीको औषधि (कफ सिरप )सित एकजना व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ गरेपछि आज सो व्यक्तिलाई जलपाईगढी अदालतमा पेश गरेको छ। यसरी पक्रा परेका व्यक्ति मालदा निवासी हुन् भनेर थाहा लागेको छ। सो व्यक्तिको नाम आजिजा रहमानको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो फुलबारी संलग्न जटियाकाली इलाकामा अभियान चलाएर धेरै मात्रामा कफ सिरप सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका व्यक्तिले मालदाबाट अवैध कफ सिरप बिक्री गर्ने उद्देश्यले जटियाकालीमा ल्याएका थिए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement