खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ पार्टी कार्यालयमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयाे। उक्त सभामा विभिन्न वार्डका सदस्यहरु, दिलाराम शाखा सदस्यहरुको उपस्थिति थियो। सभालाई सह सचिव रञ्जन तामाङले सञ्चालन गरेका थिए भने आगामी दिनहरूमा संगठनले गरिनु पर्ने महत्त्वपूर्ण कार्यहरुबारे चर्चा परिचर्चा गरियाे भने आगामी महिना हुन गईरहेकाे वार्षिक सभाबारे पनि छलफल गरियाे। यसपालीकाे वार्षिक सभा भव्य रुपमा आयोजना गरिने साथै उक्त दिन सम्पूर्ण दैनिक काम काजहरु ठप्प राखिने छ र हरेक सदस्यको उपस्थिति अनिवार्य रहने भनी सचिव शरण विश्वकर्मले जनाएका छन्। दैनिक खटिखाने श्रमिकहरुकाे धेरै समस्या साथै मागहरु रहेको छ पनि उनले बताए। उक्त कुराकाे समाधान केवल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशनको प्रमुख कार्यपाल अनित थापाले मात्र गर्न सक्छन् भनी बताउँदै यस विषयमा श्रमिक संगठनका प्रतिनिधि टाेली जीटीए प्रमुखलाई भेटेर ज्ञापन पत्र चढाउने भएको छ। यसको साथै संगठनले गत वर्ष झैं यसपाली पनि श्री विश्वकर्म पूजा भव्य रुपमा मनाउने भएको साथै कमिटी पनि गठन गरेकाे छ। जसमा शरण विश्वकर्म एल्जिन ब्राह्मण, प्रभाकर सार्की, विकाश सार्की, रञ्जन तामाङ, जीवन माेहोरा आदि रहेका छन् भने अन्य छजना साधारण सदस्यहरु पनि चयन भएका छन्। सभामा सम्पूर्ण सदस्यहरुको सहमति अनुसार अब उसाे हरेक महिना संगठनकाे सभा हुनेछ सभालाई सफल बनाउन साथै सदस्यहरुलाई अवगत गराउन भनी प्रभाकर सार्की अनि रञ्जन तामाङलाई बिशेष जिम्मेवारी अध्यक्ष एल्जिन ब्राह्मणले दिएका छन्। सभामा उपाध्यक्ष हर्कबहादुर विश्वकर्म, सहवाज खान, दावा शेर्पा, शयाम साेनमले पनि आफ्नो वक्तव्य राखेका थिए।