लण्डन: क्रिस्टल प्यालेसले नयाँ सीजनको असाधारण शुरुवात गर्दै एफए कम्यूनिटी शील्डको खिताब जित्यो। ईंग्लिश प्रीमियर लीग च्याम्पियन र एफए कप च्याम्पियन टीमबीच खेलिने एफए कम्यूनिटी शील्डको म्याचमा क्रिस्टल प्यालेसले लिभरपूललाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। लिभरपूलले नियमित समयको खेलमा दुईपल्ट बढ़त हासिल गरेर पनि म्याच जित्न सकेन। वेम्बले स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूललाई ह्यूगो एकिटिकेले चौथो मिनटमै बढ़त दिलाए। त्यसपछि जीन-फिलिपे माटेटाले १७औं मिनटमा पेनल्टीबाट गोल गरी क्रिस्टल प्यालेसलाई बराबरीमा पुऱ्याए। जेरेमी फ्रिमपोञ्जले २१औं मिनटमा गोल गरी लिभरपूललाई फेरि २-१-को बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। दोस्रो हाफको खेलमा चाहिँ क्रिस्टल प्यालेसले स्कोर बराबरीमा पुऱ्यायो। इस्माइला सारले ७७औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। यसरी स्कोर बराबरीमा रहँदा पेनल्टी शूटआउट शुरू गरियो, जसमा गोलकीपर डीन हेण्डरसनको उत्कृष्ट प्रदर्शनले क्रिस्टल प्यालेसलाई च्याम्पियन बनायो। उनले पेनल्टी शूटआउटमा २ वटा स्कट किकलाई रोके। म्याचपछि हेण्डरसनले भने, यो अविश्वसनीय रह्यो। लिभरपूल जीतको प्रबल दावेदार थियो। उनीहरूसँग केही असाधारण खेलाड़ी छन् अनि उनीहरूको टीम मजबूत छ। हामीले ३ महिनाभित्र २ वटा ट्रफी जित्यौं। यो अविश्वसनीय कुरा हो। उल्लेखनीय छ, एफए कपमा जीतको साथ क्रिस्टल प्यालेसले आफ्नो इतिहासको सबैभन्दा ठूलो सफलता हासिल गरेको थियो। त्यसपछि एफए कम्यूनिटी शील्डमा पनि खिताब जितेर टीमले आफ्नो क्षमता प्रदर्शित गरेको छ।










