रोहित-कोहली नभएर बीसीसीआई-को ध्यान एशिया कपमा

IMG-20250811-WA0083

नयाँ दिल्ली: रोहित शर्मा र विराट कोहलीले टी२० इण्टरनेशनल र टेस्ट प्रारूपबाट सन्न्यास लिइसकेका छन् अनि अहिले यी दुईजना ब्याटरको भविष्यलाई लिएर अड़कलबाजी चलिरहेको छ। यसबीच न्यूज एजेन्सी पीटीआई-को रिपोर्ट अनुसार, भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) चाहिँ यी दुईजनाको मामिलामा हतार गर्ने मिजासमा छैन। भारतको अगस्तमा हुने बंग्लादेश यात्रा स्थगित भइसकेको छ अनि टीमले १९ अक्टोबरदेखि अष्ट्रेलियाविरुद्ध शुरु हुने वनडे सीरीज अघि यस प्रारूपमा कुनै म्याच खेल्नेछैन। कोहली र रोहितको नाममा वनडे इण्टरनेशनल क्रिकेटमा संयक्त रूपले ८३ वटा शतक र २५००० भन्दा अधिक रन रहेको छ। यसरी अक्टोबर २०२७-मा हुने वनडे वर्ल्ड कपसम्म रोहित ४० र कोहली ३९ सालका हुनेछन्। त्यस समयसम्म के यी दुईजना दिग्गज खेलमा कायम रहन सक्नेछन् भन्ने प्रश्न पनि उठ्न थालेको छ। बीसीसीआई-का एकजना शीर्ष अधिकारीले भने, रोहित र कोहलीको मनमा कुनै कुरा रहे उनीहरूले निश्चित रूपले बीसीसीआईका अधिकारीहरूलाई बताउनेछन्। ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीज अघि उनीहरूले त्यही गरेका थिए। भारतीय टीमको दृष्टिकोणले अहिले अघिल्लो प्रमुख टुर्नामेण्ट आउँदो साल फरवरीमा हुने टी२० वर्ल्ड कप रहेको छ। बोर्ड अहिले त्यसैको तयारीमा ध्यान दिन चाहन्छ। यसबाहेक एशिया कप टी२० टुर्नामेण्टको तयारीमा पनि नजर रहेको छ। बीसीसीआई यस टुर्नामेण्टमा पनि आफ्नो सर्वश्रेष्ठ टीम पठाउन चाहन्छ।
बीसीसीआईले कहिले पनि हतारमा फसेला लिँदैन। यसबाहेक रोहित र कोहलीका प्रशंसकहरूलाई ध्यानमा राखेर कुनै पनि संवेदनशील फसेला अघि प्रशंसकहरूका भावनाहरूलाई जाँच्ने प्रयास गरिन्छ। रोहित र कोहलीले भारतको निम्ति अन्तिम टुर्नामेण्ट दुबईमा आईसीसी च्याम्पियन्स ट्रफीको रूपमा खेलेका थिए। त्यस टुर्नामेण्टमा कोहलीले पाकिस्तानविरुद्ध ग्रुप चरणको म्याचमा शतक बनाएका थिए जबकि रोहितले फाइनलमा अर्द्धशतक बनाएका थिए। यी दुईजनाले च्याम्पियन्स ट्रफीपछि आईपीएलमा हिस्सा लिएका थिए। आईपीएलपछि चाहिँ यी दुईजनाले प्रतिस्पर्धी क्रिकेट खेलेका छैनन्। कोहली गत केही समयदेखि लण्डनमा रहेका छन् अनि हालै एउटा भीडियोमा उनलाई इण्डोर नेट सत्रमा अभ्यास गरिरहेको देखिएको थियो। रोहित पनि आईपीएलपछि छुट्टी बिताउन ईंग्ल्याण्ड गएका थिए तर उनी अहिले मुम्बई फर्किसकेका छन्। उनले आउँदो केही दिनमै अभ्यास शुरु गर्ने सम्भावना छ। केही मीडिया रिपोर्टमा बीसीसीआईले यी दुईजना खेलाड़ीलाई २५ अक्टोबरमा सिडनीमा एउटा विदाई म्याच खेल्ने प्रस्ताव दिएको दावी गरिएको छ। बीसीसीआई-ले चाहिँ यस खबरहरूको खण्डन गर्दै अहिलेसम्म यसबारे कुनै चर्चा नभएको बताएको छ। घरेलु क्रिकेटमा विजय हजारे ट्रफी वनडे टुर्नामेण्टको आयोजन २४ दिसम्बरदेखि हुनेछ अनि त्यसअघि भआरतीय टीमले ६ वटा वनडे म्याच खेल्नु छ। अष्ट्रेलिया यात्रापछि भारतले घरेलु माटोमा दक्षिण अफ्रिकाविरुद्ध ३ वटा वनडे म्याचको सीरीज खेल्नेछ, जुन ३० नोभेम्बरदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement