ईंग्ल्याण्डको अनुभव भुलेर नयाँँ शुरुवात गर्न चाहन्छन् करुण नायर

IMG-20250811-WA0084

नयाँ दिल्ली: भारतीय टीमका अनुभवी ब्याटर करुण नायरलाई ८ सालपछि भारतीय टेस्ट टीममा स्थान प्राप्त भएको थियो तर उनको निम्ति ईंग्ल्याण्ड यात्रा तीतो-मीठो अनुभव रह्यो। ईंग्ल्याण्ड यात्रामा खेलिएको ५ वटा टेस्ट म्याचको सीरीजको अवधि असल शुरुवातहरूलाई ठूलो ईनिंग्समा बद्लिन नसकेको दुःख नायरको मनमा रहेको छ। उनले चारवटा टेस्ट म्याचमा असल शुरुवातलाई ठूलो स्कोरमा बद्लिन सकेनन् तर ओवलमा भएको पाँचौं टेस्ट म्याचको पहिलो ईनिंग्समा उनले महत्त्वपूर्ण ५७ रन बनाएर छाप छोड़े। उनी अहिले भविष्यमा रन बनाउन ईंग्ल्याण्ड यात्राको निराशाहरूलाई पछि छोड़्न चाहन्छन्। ईंग्ल्याण्ड यात्रा अघि नायरले अन्तिमपल्ट २०१७-मा भारतको निम्ति टेस्ट म्याच खेलेका थिए तर घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनले गर्दा उनलाई यसपाली टेस्ट टीममा स्थान प्राप्त भएको थियो। नायरले ईंग्ल्याण्डविरुद्ध ४ वटा टेस्टमा २५-को औसतले २०५ रन बनाए, जसमा केवल एउटा अर्द्धशतक सामेल छ। भारत र ईंग्ल्याण्डबीच सीरीज २-१-को बराबरीमा समाप्त भएको थियो।
नायरेल भने, म ओवलमा प्राप्त भएको असल शुरुवातलाई शतकमा बद्लिन नसक्दा निराश थिए। पहिलो दिन विकेटमा कायम रहनु जरूरी थियो कारण टीम समस्यामा थियो। शुरुमा सामान्य अत्तालिए पनि पछिबाट असल अनुभव गरिरहेको थिएँ। म आफ्नो अर्द्धशतकलाई शतकमा बद्लिने सोचमा थिएँ तर अन्तमा त्यस्तो हुन सकेन। अहिले ईंग्ल्याण्ड यात्रा अतीत भइसकेको छ अनि म पुरानो कुराहरू भुलेर आउँदो चुनौतीहरूमा ध्यान दिन चाहन्छु। अब कुनै स्तरमा खेले पनि ठूलो स्कोर बनाउने मेरो लक्ष्य हुनेछ। नायरले कप्तान शुभमन गिल र मुख्य प्रशिक्षक गौतम गम्भीरको पनि प्रशंसा गरे। उनले भने, शुभमनले जसरी सबैलाई एकजुट राखे अनि प्रोत्साहित गरे त्यो प्रशंसनीय थियो। शुरुदेखि नै उनको संवाद स्पष्ट थियो। यसरी प्रशिक्षक गम्भीरले पहिलो दिनदेखि नै हामीलाई सुरक्षित अनुभव गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement