सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः नोट्रे डेम एकाडमी क्वार्टर फाइनलमा

IMG_20220920_193700.jpg

२० सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा नोट्रे डेम एकाडमीले क्वार्टर फाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा मंगलवार नोट्रे डेम एकाडमीले टर्नबुल हायर सेकेण्डरी स्कूललाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल प्रकृत मुखियाले सातौं मिनटमा छिराए। टर्नबुल हायर सेकेण्डरी स्कूलका अविनेश राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको विजेता नोट्रे डेम एकाडमीले २२ सेप्टेम्बरको दिन खेलिने क्वार्टर फाइनलमा गत विजेता सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (यल्लो)-को चुनौती स्वीकार्नेछ। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

Advertisement