तर्कप्रतियोगितासंगै गेजिङमा भाषा मान्यता दिवस शुरु

IMG-20250810-WA0138

गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशन र नेपाली भाषा मान्यता दिवस समारोह समितिको संयुक्त आयोजनामा शुरु भएको ३४औं नेपाली भाषा मान्यता दिवस कार्यक्रमअन्तर्गत आज अन्तर वरिष्ठ माध्यमिक विद्यालयस्तरीय तर्क प्रतियोगिताको पहिलो चरण सम्पन्न भयो। कार्यक्रम भारतिय नेपाली साहित्यिक एवं सांस्कृतिक अनुसन्धान केन्द्र, क्योङ्साको सभाहलमा गरिएको थियो। प्रमुख अतिथिका रूपमा उपस्थित गेजिङ-ओमचुङ जिल्ला प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सदस्य सागर शर्माले कार्यक्रमबाट विद्यार्थीहरुलाई हुने लाभबारे उल्लेख गरे। कार्यक्रमको अध्यक्षता साहित्यकार केदार गुरुङ (पद्मश्री) ले गरे। आजको पहिलो राउन्डमा तीन तर्क प्रतिस्पर्धा भएको थियो। जस्मा , पीएमश्री पेलिङ वरिष्ठ माध्यमिक विद्यालय र लेगशेप वरिष्ठ माध्यमिक विद्यालयबीच भयो। यसअवसरमा तार्किकहरुले राज्य अनि राष्ट्रिय समृद्धिका लागि उद्यमशीलता मुख्य उपाय हो अथवा होइन विषयमाथि तर्क पेश गरेका थिए। दोस्रो प्रतियोगितामा मिडल गेजिङ माध्यमिक विद्यालय र लाङगाङ माध्यमिक विद्यालयबीच भयो। यस्तै अर्को प्रतियोगिता पीएमश्री कन्या वरिष्ठ माध्यमिक विद्यालय र दराप वरिष्ठ माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो। निर्णायक मण्डलीमा गेजिङ डिग्री कलेजका प्राध्यापक डा. डिल्लीराम शर्मा, जिल्ला शैक्षिक तालिम केन्द्र गेजिङका मातृका थापा र युवा साहित्यकार धनसिंह विश्व थिए। प्रतियोगिताको परिणामअनुसार पेलिङ, गेजिङ र मिडल गेजिङका टोली विजयी भएका थिए। उक्त स्कूलले आगामी १७ अगस्टमा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। मुख्य अतिथि शर्माले आफ्नो सम्बोधनमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि तर्क प्रतियोगिताको आवश्यकता महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रममा पश्चिम सिक्किम साहित्य प्रकाशनका अध्यक्ष रिकी लमु लेप्चा, उपाध्यक्ष दलमान पीर, प्रकाशनका अन्य सदस्य, विद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement