गान्तोक: सिटिजन एक्सन पार्टी, सिक्किम (क्याप) ले आज दक्षिण सिक्किमको सालघारी जूम निर्वाचन क्षेत्रस्तरीय कार्यकारी परिषद्को मासिक समन्वय बैठक सफलतापूर्वक सम्पन्न गर्यो । बैठक समिति अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको थियो। सभामा उपाध्यक्ष कौशल लोहागुन, प्रकाश लकान्द्री र पार्टी नेताहरूको उपस्थित थियो। सभामा निर्वाचन क्षेत्रमा पार्टीको स्थिति र आगामी कार्यनीतिबारे छलफल गरेको थियो। यसअवसरमा नयाँ क्षेत्रस्तरीय परिषद् र सालघारी-जुमको लागि एकाइ स्वयंसेवक परिषद्को गठन औपचारिक रूपमा भयो। जसले क्षेत्रमा पार्टीको दृष्टिकोण र मिशनलाई अगाडि बढाउन सदस्यहरूलाई एकसाथ ल्याएको थियो। पार्टीको आधार विस्तार गर्ने प्रयासमा, सदस्यता अभियान पनि शुरु गरिएको थियो। जसले निर्वाचन क्षेत्रभरिका नयाँ सदस्यहरूलाई राजनीतिक सुधार र जनकेन्द्रित शासनको अभियानमा सामेल हुन प्रोत्साहित गरेको थियो। एकता र पहिचानको संकेतको रूपमा पार्टी अध्यक्ष गणेश कुमार राईको फोटो फ्रेमहरू सबै नवनियुक्त समिति सदस्यहरूलाई वितरण गरिएको थियो। बैठकमा सदस्यहरूले सक्रिय रूपमा प्रत्येक गाउँमा पुग्ने, पार्टीको नीति र सिद्धान्तहरूमाथि सहमति जनाए।